सेक्सी हाइवे @ बुटवल

in #introduceyourself7 years ago (edited)

बुटवल–फूलबारी

पूर्व– पश्चिम राजमार्गको बुटवल तिनाउ पुलसँगै जोडिएको फूलबारी प्रेमिल जोडीका लागि सहज एवं सुरक्षित लभ स्पट हो । राजमार्गबाट २ सय मिटर दूरीमै रहेको फूलबारीमा प्रवेश गरेपछि युगल जोडीहरू ढुक्कले प्रेम साटासाट गर्न पाउँछन् । फूलबारीभित्र रहेका रमणीय पार्क तथा सेड जता पनि उनीहरू अँगालोमा बाँधिएर बस्न सक्छन् । फूलबारीबाट बुटवल सहरको दृश्यावलोकनसमेत गर्न पाइन्छ । फूलबारीसँगै जंगल पनि भएकाले अझ खुलेर प्रेम साटासाट गर्न चाहने जोडीहरूलाई एकान्त स्थानको पनि कुनै समस्या छैन । भ्यालेन्टाइन डेका दिन फूलबारी प्रेमिल जोडीहरूले नै भरिभराउ हुन्छ ।

बुटवल–हिलपार्क

माया प्रेम साटासाट गर्ने जोडीहरूका लागि बुटवलको हिलपार्क अर्को सुरक्षित स्पट हो । सिद्धार्थ राजमार्गको बुटवल अस्पताललाइनबाट पूर्वतर्फ करिब एक किलोमिटरको दूरीमा छ— हिलपार्क । हिलपार्कमा जुनसुकै सवारी साधन पुग्न सक्ने भएकाले जोडीहरूले पैदल हिँडिरहनु पर्दैन । यहाँ गाडीबाट ओर्लनेबित्तिकै एकान्त वातावरण र सुरक्षित महसुस गर्न सकिन्छ । हिलपार्कबाट पनि बुटवलको दृश्यावलोक गर्न पाइन्छ ।

वनवाटिका

सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्डको शंकरनगरचोकबाट डेढ किलोमिटर पूर्वमा अवस्थित वनवाटिका पनि प्रेमिल जोडीहरूको रोजाइमा पर्ने गन्तव्य हो । ५० हेक्टर क्षेत्रफलमा फैलिएको यो रमणीय वनमा पुगेपछि प्रेम साटासाट गर्न आतुर युगल जोडीलाई राहत महसुस हुन्छ । फराकिलो क्षेत्रफल भएकाले यहाँ कसैको बाधा–व्यवधानको सामना गर्नु पर्दैन । यहाँ बसेर घण्टौं बिताउन समस्या छैन । भनेको स्थानसम्म सवारी साधन लान पाइने र घुमफिर गर्न पनि प्रसस्त जग्गा भएकाले वनवाटिका धेरै युगल जोडीको रोजाइमा पर्दै आएको छ ।

सालझन्डी–फायरलाइन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सालझण्डी नजिकैको उत्तरपट्टीको थुम्कोदेखि फायरलाइनसम्मको जंगल क्षेत्र प्रेमिल जोडीहरूका लागि सुरक्षित स्थल मानिन्छ । सालझन्डीबाट एक किलोमिटर पश्चिमतर्फ सडकबाट उत्तरतर्फको थुम्को युगल जोडीहरू रमाउने थलो बनेको छ । जाडोयाममा पारिलो घाम लाग्ने, मानव बस्तीबाट टाढा अनि एकान्त तथा गर्मी याममा रूखको छहारीले शीतलता प्रदान गर्ने हुँदा यहाँ जुनसुकै मौसममा पनि खुलेर प्रेमालाप गर्न सकिन्छ । सालझन्डीबाट फायरलाइनसम्म तीन–चारवटा सुरक्षित स्पट छन् ।

रामापिथेकस पार्क

सिद्धार्थ हाइवेको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत बुटवल र पाल्पाको सीमा क्षेत्रमा पर्ने रामापिथेकस पार्क पनि युगल जोडीहरू रमाउने थलो बन्दै गएको छ । राजमार्गमै जोडिएको सडकबाट दक्षिण तिनाउ नदी किनारको यो पार्कमा रमाउने जोडीहरू पनि बग्रेल्ती हुन्छन् । बुटवलबाट नजिकै,जाडो याममा पारिलो घाम लाग्ने अनि गर्मी मौसममा चीसो हावा चल्ने हुँदा यो पार्कमा रमाउन आउनेहरूको कमी हुँदैन । पार्क आसपास नदी किनारमा खोल्साखोल्सी समेत भएकाले जोडीहरूले खुलेर माया साटासाट गर्न सक्छन् ।

भूतखोला

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत दोभान गाउँपालिकाको सडक किनारमै पर्ने भूतखोला पनि प्रेमिल जोडीहरूको गन्तव्य हो । भूतखोला हेर्ने बहानामा थुप्रै युगल जोडी त्यहाँ पुग्छन् । सवारी साधन सडक किनारमै रोकेर जोडीहरू सडकबाट उत्तरतर्फको सुरक्षित ठाउँमा बसेर गफिन तथा रमाउन सक्छन् । मानव बस्ती नजिक नभएकाले भुतखोला आसपास जहाँ पनि प्रेमालाप गर्न सकिन्छ ।

जोरधारा–डुम्रे

सिद्धार्थ राजमार्गकै बुटवल–पाल्पा सडक खण्डअन्तर्गत पर्ने जोरधारा र डुम्रे क्षेत्रका सडक किनारका थुम्काहरूले पनि लभ स्पटका रूपमा परिचय बनाउँदैछन् । बटुक र चुकौनीका लागि प्रख्यात जोरधारामा यिनै परिकार खाने बहानामा पनि जोडीहरू उक्त क्षेत्र पुग्छन् । जोरधारामा युगल जोडीहरूका लागि होटल तथा रेस्टुराँसमेत उपलब्ध हुन्छन् भने सडकछेउकै थुम्काहरू पनि प्रेम साटासाट गर्ने स्थल बन्छन् । यहाँ हाइवेको घुम्तीपिच्छे थुम्का छन् ।

Sort:  


Hello @optimistboy!

I noticed you have posted many times since you began your journey on Steemit. That is great! We love active partipants.

I do want to point out that the Introduceyourself tag is meant to be used once only to introduce yourself to the Steemit community. You have now posted 9 times using the introduceyourself tag. Please see this link for more information Tag Spam?

Please take this into consideration and help build a great platform!


Welcome to Steem @optimistboy.

Do read A thumb rule for steemit minnows - 50:100:200:25 for starter tips.

Spend time reading Steem Blue Paper to know how Steem blockchian works and if you still have any queries ask them on our Ask me anything about Steemit post and we will try to answer that.

All the Best!!!

Coin Marketplace

STEEM 0.17
TRX 0.15
JST 0.028
BTC 57676.72
ETH 2356.36
USDT 1.00
SBD 2.39