भक्तपुरको श्रीधर विष्णु लस एन्जेल्स म्युजियममा

भक्तपुरको एक मन्दिरबाट सन् ८० को दशकमा चोरी भएको उभिइरहेका श्रीधर विष्णुको पुरातात्त्विक मूर्ति अमेरिकाको लस एन्जेल्सस्थित काउन्टी म्युजियम अफ आर्ट्समा फेला परेको छ ।चोरिएका र हराएका सम्पदाको खोजबिन तथा घरफिर्ती गराउने अभियानमा सम्बद्ध ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार तेह्रौं शताब्दीको सम्पदा मानिने यो मूर्ति रहेको भक्तपुरको मन्दिरबारे भने टुंगो हुन सकेको छैन । मूर्तिको नाक तथा देब्रे हातको औंलाको छेउमा पनि केही भााचिएको संकेत देखिने यो सम्पदाको तुलनात्मक फोटोग्राफ सन् १९७९ मा प्रकाशित एडब्लू म्याकडोनाल्ड र एन भरगटी स्टलको ‘नेवार आर्ट’ कृतिमा समेटिएको छ ।
लस एन्जेल्सस्थित काउन्टी म्युजियम अफ आर्ट्सको संग्रहमा यसअघि पाटन, बहाबहीबाट हराएको चिन्तामणि लोकेश्वर, भक्तपुर त्रिपुरा सुन्दरीको यक्ष/गण र ह्युमत टोल काठमाडौंबाट हराएको सालभन्जीका याक्षी प्रतिमा फेला परेको थियो ।

Coin Marketplace

STEEM 0.17
TRX 0.15
JST 0.028
BTC 56677.48
ETH 2329.02
USDT 1.00
SBD 2.36