पहिलो पटक रोबोटलाई दिइयो नागरिकता

in #robot9 years ago

सोफिया नाम गरेकी रोबोटलाई साउदी अरबले नागरिकता दिएको छ । सोफिया पहिलो नागरिकता पाउने रोबोट बनेकी छन् ।रियादमा आयोजित ‘फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ’ मा सोफियालाई साउदी नागरिकता प्रदान गरिएको घोषणा गरिएको थियो।

रियादमा भैरहेको फ्यूचर इन्भेस्टमेन्ट नामक सम्मेलनमा वक्ताको रुपमा सहभागी भैरहेकी छिन् । यो सम्मेलनमा आधुनिकिकरणका लागि लगानी बढाउने विषयमा चर्चा हुँदैछ ।

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले ‘हट सोफिया’ को उपनाम पाएको छ। सोफियाले विभिन्न टेलिभिजन शो तथा सभा सम्मेलनमा भाग लिइसकेको छ। कमेडी शो, म्यागेजिनको आवरण, आदिमा देखिइसकेको सो रोबोटले केही समयअघि संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी एक कार्यक्रममा पनि भाग लिएको थियो।

स्पेसएक्सका प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स मानवजातिका लागि सबैभन्दा ठूलो खतरा हुने बताउँदै आएका छन्। उनले एआइ तेस्रो विश्वयुद्धको कारण पनि बन्नसक्ने बताएका छन्। केही समयअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अबको मुख्य प्रतिस्पर्धा एआइका लागि नै हुने बताएका थिए।

Coin Marketplace

STEEM 0.04
TRX 0.32
JST 0.086
BTC 60144.09
ETH 1576.73
USDT 1.00
SBD 0.42