कतारबाट आयो नेपाली कामदारलाइ दुखको खबर, तोकियो विदेशी कामदारका लागि न्यूनतम मासिक तलब

in #quatar6 years ago

कतारबाट आयो नेपाली कामदारलाइ दुखको खबर, तोकियो विदेशी कामदारका लागि न्यूनतम मासिक तल

२ मंसिर, दोहा । कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ ।

आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो ।

कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।अब नेपाली कामदारले न्यूनतम २० हजार रुपैयाँ मासिक तलव पाउनेछन् ।

कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’

उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् ।

यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।

कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो ।

कतारी श्रममन्त्री नाउमीले भने– सुधार प्रयास यतिमै रोकिनेवाला छैन, यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’

Sort:  

Congratulations @nawarajbhandary! You have completed some achievement on Steemit and have been rewarded with new badge(s) :

Award for the number of posts published

Click on any badge to view your own Board of Honor on SteemitBoard.
For more information about SteemitBoard, click here

If you no longer want to receive notifications, reply to this comment with the word STOP

By upvoting this notification, you can help all Steemit users. Learn how here!

Coin Marketplace

STEEM 0.30
TRX 0.11
JST 0.031
BTC 68541.87
ETH 3868.83
USDT 1.00
SBD 3.63