ओझेल

in #poetry6 years ago

कुनै सीमा नभएको मेरो सोचाइ यहाँ
समाजको गोरेटोमा लड्ने गर्छ,
यी बन्द आँखामा कैद मेरा सपनाहरु
अक्सर ओझेलमा पर्ने गर्छ!

ओठको हासो जति झुट भएपनी यहाँ
एकान्तमा आसु झर्ने गर्छ,
यी बन्द आँखामा कैद मेरा सपनाहरू
अक्सर ओझेलमा पर्ने गर्छ!

सभ्य र भव्य गन्तव्य सोचेपनी यहाँ
आत्माले चोट खाने गर्छ,
यी बन्द आँखामा कैद मेरा सपनाहरू
अक्सर ओझेलमा पर्ने गर्छ!

जताततै झिलीमिली भएपनि यहाँ
अन्धकारको महसुस हुने गर्छ,
यी बन्द आँखामा कैद मेरा सपनाहरू
अक्सर ओझेलमा पर्ने गर्छ!

Coin Marketplace

STEEM 0.04
TRX 0.33
JST 0.097
BTC 64457.24
ETH 1864.34
USDT 1.00
SBD 0.38