Poem in Nepali

in #poem7 years ago

(क)
कवितामै म अतीत देख्छु कवितामै वर्तमान।
कवितामै म आदर देख्छु कवितामै सम्मान॥
कवितामै म साह्रा संसारको खुशि देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥
(ख)
कवितामै म राम देख्छु कवितामै रहिम।
कवितामै म रात देख्छु कवितामै दिन॥
जीवनको सार म कवितामै देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥
(ग)
मनका अप्रतिभ वेदना कवितामै पोख्छु।
कविताबाटै मनमा आशाका बिरूवा रोप्छु॥
कविताबाटै म विश्वब्रम्हाण्ड देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥
(घ)
कवितामै लेखे बाल्मिकीले रामायण।
कवितामै रचिए भागवत पुराण॥
कवितामै म सबै धर्मसमरहरू देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥
(ङ)
दिनको सहारा कवितानै राति हो।
कवितानै मेरो एकान्तको साथी हो॥
कवितामै म सफल जीवन देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥
(च)
कविताबाटै शुरूभयो मेरो जिन्दागानी।
कविताबाटै अन्त हुनेछ मेरो जीवनकहानी॥
कवितामै म जीवनको अन्तिम दिन देख्छु।
त्यसैलेत म सधैँ कविता लेख्छु॥

Written by: Bikash Dulaal
SOURCE

Sort:  

amazing post @himadahal
if you can visit to my post

Coin Marketplace

STEEM 0.18
TRX 0.14
JST 0.029
BTC 57305.83
ETH 3076.79
USDT 1.00
SBD 2.40