News of nepal

in #news7 years ago

Flood-Dang-4-13082017063735-600x0.jpg

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौं ३५ जना अझै बेपत्ता श्रावण ३१, २०७४ अविरल बर्षापछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी ३५ जना अझै बेपत्ता छन् । आज दिउँसो ब्यवस्थापिका संसद बैठकलाई बाढीपहिरोको क्षति बारे जानकारी दिदै गृहमन्त्री जनार्दन शर्माले मृत्यु हुनेको संख्या १ सय ११ रहेको जानकारी गराउनुभएको थियो । दिनभरमा मृत्यु हुनेको संख्या ९ जना थपिएको गृहमन्त्रालयले जनाएको छ । प्राकृतिक प्रकोपमा परी ३९ जना घाईते भएका छन् । संसद बैठकमा गृहमन्त्री शर्माले बाढी पहिरो र डुबानबाट प्रभावित जिल्लाका ८० प्रतिशत भुभागका साथै हजारौं घर डुबानमा परेको बताउनुभयो । शर्माले बाढीबाट मृत्यु भएका परिवारका प्रत्येक सदस्यलाई दुई लाखका दरले र घर मर्मत गर्न दस हजार रुपैयाँ वितरण सुरु गरिसकिएको जानकारी दिनुभयो । उहाँले क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउनुभयो । गृह प्रवक्ता रामकृष्ण घिमिरेले मृतकहरुको सनाखत हुने बित्तिकै जिल्ला दैवी प्रकोप समन्वय समीतिमार्फत राहत रकम वितरण प्रक्रिया थालिसकिएको जानकारी दिनुभयो । सरकारले उद्दार तथा राहत सामाग्री वितरणमा सम्पूर्ण स्रोत, साधन र जनशक्ति परिचालन गरेको बताउँदै मन्त्री शर्माले भन्नुभयो, ‘बाढीपीडित क्षेत्रमा संक्रमण नफैलियोस भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन गरिएको छ ।’ आज दिनभर गृह मन्त्रालयले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत मधेसका जिल्लालाई केन्ऽित गरी राहत सामाग्री पुर्‍याएको थियो ।

Coin Marketplace

STEEM 0.20
TRX 0.12
JST 0.029
BTC 60870.17
ETH 3385.85
USDT 1.00
SBD 2.57