शुन्य

in #nepali5 years ago

सुरुमा ० थियो। एक्छिन मा १ लुरु लुरु हिन्दै आइपुग्यो। ० र १ मिलेर बात मार्दै गर्दा २ आइपुग्यो। एबम प्रकारले ३,४,५,६,७,८ र ९ गरि सबै आइपुगे। सामान्य प्रकार ले सामुहिक गफ-गाफ चल्यो। एतिकैमा कस्को गुण राम्रो को ठुलो भन्ने बहस चल्न थाल्यो। १ ले भन्यो म आफू मात्र एक आपसमा जोडिएर २,३,४ इ. सबै बन्न सक्छु तर २ आपस मा जोडिएर ४, ६ हुँदै जान्छ म जस्तो उपयोगि छैन। फेरि जुरुक्क उठेर ८ ले भन्यो, जोडिन नसके के भो त! म बाडिन सक्छु। म ७ र १ भैदिन सक्छु। म ६ र २ अथवा ४ र ४ इ. भैदिन सक्छु। एस्ता बिबिध प्रकार का गुण-अबगुणका चर्चा भए। तर ० शान्त बसिरहेको थियो। सबैले ० सङ्ग आफ्नो देखाउन लाएक कुनै गुण छैन भन्ठाने। हुदा हुदा अरु संख्याहरुले एक आपसमा कानेखुसि गर्दै ० लाई समूह बाट निकाल्ने निर्णय गरे र सुटुक्क त्यो ठाउँ बाट अन्तै लागे। केही पर पुगेपछी ९ लाई आफू सबै भन्दा ठूलो भन्ने घमन्ड चल्यो र अरुलाइ अफ्नो पछि पछि आउन आदेस दियो। यो कुरा अरुलाइ मन परेन । सबैभन्दा पहिले १ ले मुख खोल्यो। म १ नम्बर हु। म अगि अरु सबै मेरो पछि आउनु पर्छ। हुदा हुँदै चर्का चर्की भयो। एक आपस्मा हात हालाहाल भयो। यसरी त समूह मा बस्न नसकिने भो भन्दै ४ र ५ ले मध्यस्त कर्ताको भुमिका खेल्दै को ठूलो भन्ने कुरा को फैसला गर्न ० भएको ठाउमा जाने निधो गरे। सबैले ० सङ्ग माफी मागे र को ठूलो भन्ने फैसला गर्न पठाए। ० ले सुरुमा (१-१=०) देखायो अनि (१+२-१-२=०) देखयो गर्दै गर्दै (१+२-१-२+३+४+५-३-४-५+६+७+८+९-६-७-८-९=०) देखायो र भन्यो तिमिहरु सबै मेरा अनेक रुप हौ। यहाँ कोहि पनि ठूलो र कोहि पनि सानो छैन। यहा शुन्य मात्र छ। तेहि शुन्य अनन्त धनात्मक र रिणात्म्क संख्यामा ब्यक्त हुन्छ। तिमीहरु भनेका मेरा अपुरा भाग हौ। तिमिहरु ले भ्रम बस आफ्नो छणिक अस्तित्व देखेका हौ। यो सुने पछि हरेकले पस्चताप गर्दै ० को सरण परे।

Coin Marketplace

STEEM 0.29
TRX 0.12
JST 0.033
BTC 63373.75
ETH 3170.63
USDT 1.00
SBD 3.88