good news for nepal

in #nepali7 years ago

ग्लोबल आईएमईद्वारा ६५ लाख
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा स
भाद्र ३, २०७४- ग्लोबल आईएमई बैंकले बाढीपहिरो पीडितलाई तत्काल राहत पुर्‍याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
राजधानीस्थित प्रधानमन्त्री निवास कार्यालयमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार कुल रकममध्ये बैंकले आफ्ना तर्फबाट ५१ लाख र बैंकका सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबर हुन आउने १४ लाख गरी ६५ लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

नेपाल ट्रक यातायात व्यवसायीबाट १५ लाख
काठमाडौं (कास)– नेपाल ट्रक यातायात व्यवसायी महासंघले बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । उक्त रकम बराबरको चेक महासंघले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले विपदको यस घडीमा धैर्य धारण गर्न र सक्दो सहयोग पुर्‍याउन सबैसँग हार्दिक अनुरोधसमेत गरेको छ । महासंघ आबद्ध विभिन्न संघसंस्थाले उपलब्ध गराएको एकमुष्ट रकम उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष अर्जुन रानाभाटद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।20728099_1908389519487409_8791371910639298584_n.jpg

Coin Marketplace

STEEM 0.20
TRX 0.12
JST 0.029
BTC 60946.76
ETH 3395.14
USDT 1.00
SBD 2.57