फगत यी बिम्बहरु !steemCreated with Sketch.

in #nepali-poem6 years ago (edited)


Image courtesy


म हराउन खोज्दछु,
घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ।
हाडहरु मा मासुले बेरिएको म,
ताप् र चाप ले बलेको छु ।
आकाश छिर्छ म भित्र,
म आकाश भित्र छिरेको छु ।
झुत्रिएको छु ,
कराएको छु ,
अनेक बिलौना गर्छु ,
बिबष भै वरी परि टोलाएर हेर्छु ,
हवा बोल्दैन ,
मेरो मुटु ढुक -ढुक सिबाए अरु केहि जान्दैन ,
मेरो हात भनिएको बस्तु लम्पसार परेको छ ,
मेरा इ अबोध औलाहरु मेरै निर्देसनमा अछर निर्माण गर्छन ,
पाना-पाना मा इ मौन भ्रान्त अछरहरु,
एता-उता डोलिदै मडारिन्छन ।


ती हुन् बिम्बहरु,
समयका अबयहरु,
घरि पलाउछन् ,
घरि बिलाउछन् ।
ती बिम्ब बनाउने साचाहरु तारताम्य मिलाई रहन्छन ।
अनायास ! मेरो आकृति खडा हुन्छ ।
घरि म त्यो हुन्छु ,
घरि त्यो म हुन्छ ,
समय मलाई भत्काई रहन्छ ।
पटक पटक बोध हुन्छ,
ब्यर्थ भएको छ यो बुझाई ।


तिमि शुन्य बाट उठ ,
बिउझाऊ त्यो शुन्य लाई ,
निश्छल, निराकार।
नसमाउ त्यो आकार अनि ती रंगरोगन ,
ती हुन् शुन्यका बिम्बहरु ,
सधै मलाई झुकाई रहेछन ,
फगत यी पाजी बिम्बहरू ........।


Coin Marketplace

STEEM 0.29
TRX 0.12
JST 0.032
BTC 60787.40
ETH 2994.79
USDT 1.00
SBD 3.82