ऐना भित्रको एक चित्रण |

in #nepali-poem6 years ago (edited)


Image Courtesy


यो ऐना !
आहो यो त म हो !
लौन, ऐना भित्र म भेटिए !
यो बिशाल आकासमा,
मेरो शरिर ,
हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ |
यो अविछिन्न दौडिरहेको आकृति |
हस्यांग फस्यांग स्वास ,
ढुक ढुक बम्किरहेको मुटु,
मेरा आखा,
निरन्तर वरपरका बिम्ब बटुलछन |
मेरा कान ,
निरन्तर वरपरका आवाज बटुलछन |
ति आवाज र आकृतिका संग्रह भित्र भासिएको थिए म |
ती संग्रहित इतिहासका पत्रहरु,
मेरै सानिध्यका बखान हुन् |
यो भित्र-बाहिर गर्ने,
स्वास मा छु म |
रगत मा निरन्तर बगीरहने,
उर्जामा छु म |
लौन यो ऐना भित्रको
एउटा चित्र भित्र म भेटिए !


म हराएको त्यो बिगत,
अहो ! बडो कठोर !
समयको अगाडी ठिंग उभिएर,
आफ्नो परिचय खोज्थे म |
समयले बेचैनसंग दौडाएको ,
अपुष्ट आकृति हु म |
हरपल मेरो भबिस्य ,
म भित्र छिर्छ |
निमेष भरिमै ,
बिगत भएर चुहिंछ |
भबिस्य र बिगत को दोसाद म दौडिरहने,
वर्तमान आकृति हु म |


पालै पालो यो स्वास ,
आकास रित्याउछ |
घुट्की घुट्कीले समुन्द्र रित्याउछ |
गासका रासले पर्बत बनाउछ |
तिनै आकाश भरि छाएको छु म |
तिनै समुन्द्रमा फैलिएको छु म |
हरियो डांडाभरि छरिएको,
प्रकाश हु म |
यो ऐना भित्रको चित्र,
कसरि मेरो पहिचान हुन सक्छ ?
मेरो शरीर बनाउन उनिएका अणु परमाणु ,
युगौ युग देखि यही छन् |
मिथ्या भएको छ यो शरिरे पहिचान ,
युगौ युग चल्नेछ यो,
पदार्थ र शक्ति को मन्थन |


यो ऐना,
सधै मलाई झुक्याउछ |
क्षणभंगुर का स्मृति ले ,
म परिभाषित हुदिन |
क्षमा माग्छु म मेरा साथी,
ऐन भित्र म भेटिएको होइन |


Sort:  

Sir malai pani follow garnuhos hai ta.

Coin Marketplace

STEEM 0.28
TRX 0.12
JST 0.032
BTC 61195.86
ETH 3009.46
USDT 1.00
SBD 3.80