पोर्चुगलमा रेस्टुरेन्ट व्यवसायमा सफलता

in #nepal5 years ago

के तपाईं रेस्टुरेन्ट व्यवसाय सुरु गर्न जाँदै हुनुहुन्छ? के तपाईंले सुरू गर्नु अघि उचित अनुसन्धान गर्नुभएको छ? यस लेखमा, हामीले रेस्टुरेन्ट व्यवसायको बारेमा विस्तारमा लेखेका छौ।

सुरुमा तपाईले यो निर्णय गर्नुपर्छ कि तपाई कस्तो प्रकारको रेस्टुरेन्ट सुरु गर्न चाहनुहुन्छ, र तदनुसार तपाईंले व्यापार योजना (Business Plan) बनाउनु पर्छ। तपाईले कस्तो प्रकारको खानाको द्रुत विकास हुनसक्छ भनेर अनुसन्धान गर्नुपर्छ। जस्तै, एक रिपोर्ट अनुसार मध्य-पूर्वी (Middle-East) खानाको अवधारणा पोर्चुगलमा कम विकसित छ।

तपाइँ कुन किसिमका ग्राहकहरू लक्षित गर्दै हुनुहुन्छ? नेपाली, पोर्चुगिस, पर्यटक, विद्यार्थी, आदि। तपाईंले आफ्नो ग्राहकहरूको आगमन स्थिति र प्रतिश्प्रधीहरूको आधारमा रेस्टुरेन्टको उपयुक्त स्थान तय गर्नुपर्छ। तपाइँमा प्रतिश्प्रधीहरू भन्दा के फरक छ? Thematic Layout, Authentic Style, आदि हुनसक्छ।

धेरैले मार्केटिंगको लागि बजेटनै छुट्याउनु हुदैन। एक रिपोर्ट अनुसार पोर्चुगलमा Facebook को Penetration Rate ९५.१% रहेको छ र दोस्रोमा Instagram को ५९.७% रहेको छ। अधिकांश नेपाली रेस्टुरेन्टहरूको Website र Instagram खातानै छैन। साथै, अन्य डिजिटल मार्केटिंग च्यानलहरू यी हुन सक्छन् – Google Business, TripAdvisor, The Fork, Zomato, UberEats/Glovo (take-away), Mygon, Yelp, Pinterest, Feverup, Happycow (vegetarian), आदि।

तपाईंले नैतिकता र व्यावसायिकताको कोड बनाएर राख्नुपर्छ। नेपाली र विदेशीको व्यवहार समान नहुन सक्छ किनभने हामी दुई फरक संस्कृति बाट आएका हौ। सफल हुन, ग्राहक सेवा (Customer Service) तपाईको जीनमा हुनुपर्छ। वेटर (Waiter) सकभर राम्रोसंग dressed र groomed हुनुपर्छ, र द्विभाषी (पोर्चुगिस र अंग्रेजी) भएको राम्रो।

रेस्टुरेन्ट सामान्यतया पाँच प्रकारहरु हुन्छन।

Fast Food
ती रेस्टुरेन्टहरू जहाँ तपाईं खाना चाँडै पाउन सक्नुहुन्छ। कुनै Table Service हुदैन। तपाईंले पैसा तिरेपछि खाना पाउनुहुन्छ। जस्तै, McDonalds, Burger King, आदि।

Food Truck
Fast Food जस्तै, तर ट्रकमा सेवा दिने। यसले भाडाको परिचालन लागत घटाउँछ, तर तपाईंले नगरपालिका (Câmara Municipal) बाट ट्रकको लागि इजाजतपत्र लिन आवश्यक छ। ट्रक खरिद गर्न सुरुमा १०,०००-१५,००० यूरो लागत लग्न सक्छ। ट्रक र इजाजतपत्र भएको खण्डमा तपाईं केही आउटडोर उत्सव र कार्यक्रमहरूमा जानको लागी पनि आवेदन गर्न सक्नुहुन्छ।

Fast Casual
Fast Casual रेस्टुरेन्टले सामान्यतया पूर्ण Table Service प्रदान गर्दैनन्, तर Fast Food भन्दा धेरै किसिमका खाना प्रदान गर्छन। खानाको गुणस्तर Fast Food भन्दा उच्च हुन्छ, तर Casual Dining भन्दा कम हुन्छ। जस्तै, A Padaria Portuguesa.

Casual Dining
Casual Dining रेस्टुरेन्टले एक आरामदायक माहौलमा मध्यम-मूल्ययुक्त खाना प्रदान गर्छन र पूर्ण Table Service प्रदान गर्छन्। खानाको गुणस्तर सामान्यतया Fast Food र Fast Casual भन्दा उच्च हुन्छ। अधिकांश नेपालीहरुको लिस्बनमा यस प्रकारको रेस्टुरेन्ट छ। जस्तै, Casa Nepalesa, Restaurante Nepon, Pasta Café, Serra de Estrela.

Premium Casual (Elite)
यी रेस्टुरेन्टहरु उच्च कुलीन वर्गको लागि लक्षित हुन्छन । खानाको गुणस्तर धेरै उच्च हुन्छ र यो धेरै महगो हुन्छ। जस्तै, Pestana CR7 Lisboa.

यदि कसैलाई Website र रणनीति बनाउन मद्दत चाहिन्छ भने, Basai Portugal का सदस्यहरूले सेवा प्रदान गर्न सक्छन्। कृपया हामीलाई Facebook वा इमेल [email protected] मा सम्पर्क गर्नुहोला।

छिटो नयाँ जानकारी प्राप्त गर्न हामीलाई Facebook मा लाईक Like गर्नुहोला (मोबाइलमा तल Like Page छ) र साथै हाम्रो न्यूजलेटरमा (Newsletter) आफ्नो इमेल तल SIGN UP गर्नुहोला। पोस्ट मनपर्यो भने कृपया Share गर्नुहोला।

Coin Marketplace

STEEM 0.18
TRX 0.15
JST 0.031
BTC 60794.44
ETH 2623.30
USDT 1.00
SBD 2.62