हालसालै घटेको एक जना विद्यार्थीको कहानी ।।

in #kshn7 years ago

२०७४ साल कार्तिक महिनाको १६ गते विहिवार एक जना सुनिल खनाल (नाम परिवर्तन) नाम गरेका काठमाडौं मोडेल कलेज (बाघबजार) मा १२ मा पढ्ने विद्यार्थी ११ मा पढ्ने विजय चापागाई सँग कलेजमा हिड्दै गर्दा ठोक्किन पुग्छन । सुनिलले भाइ राम्ररी हिड भनेर सम्झाउन खोज्छन, तव ११ मा पढ्ने भाइले “किन ठोक्किस ?”भनेर जोस्सिन्छन । त्यहाँ हल्का विवाद हुन्छ र सकिन्छ ।त्यसको पर्सी पल्ट शनिवार यानी कार्तिक १८ गते पुन परिक्ष्या (Re-Exam) रहेको हुन्छ । सुनिल पनि परिक्ष्या दिन भनि कलेज गएका हुन्छन । त्यती नै बेला उनको फेरी विजय चापागाई सँग देखादेख हुन्छ । विजय चापागाई ११ मा पढ्नेले सुनिल खनाललाई गएर “मलाई किन हेरिस् ?” भनेर सोध्छन । सुनिल खनालले पनि तलाई हेर्न हुँदैन भन्ने जस्ता पर्तिउत्तर दिन्छन् । उनिहरुको परिक्ष्या दिएपछी भेट्ने भनि विदा हुन्छ ।परिक्ष्या दिएर सकिन्छ । विजय चापागाई २ जना साथी लिएर सुनिल सँग भिड्न आउछन तर उनका साथिहरु त्यहाँ बाट भाग्छन । विजय चापागाई र सुनिल कलेज बाहिर विवाद गर्न जान्छन । विवादको रुप केहि उग्र हुन्छ र सुनिलको र विजयको ठेलाठेल हुन्छ । सुनिल ले धकेलेर विजय लड्न पुग्छन र विजयको अनुहारमा केहि चोट देखिन पुग्छ ।यो लडाइँ त्यही अन्त्य हुँदैन । त्यसको भोली पल्ट यानी आइतवार २०७४ कार्तिक १९ गते विजय ले २ जना आफ्ना दाइहरुलाई लिएर कलेज पुग्छन । त्यो दिन सुनिल भने कलेज गएका हुँदैनन । सुनिललाई कलेज बोलाईन्छ । सुनिल सँग उनका दाई पनि गएका हुन्छन । सुनिललाई सल्लेरी खबरलेसोध्दा उनि रिजल्ट लिनको लागि कलेज बाट बोलाइएको भन्ने आशन्का गरेका रहेछन, तर कुरा अर्कै थियो । जब सुनिल र उनको दाई कलेज पुग्छन, तव विजयसँग आएका दुई जना दाइहरुले कलेजका डिन र कलेजका विहानी समयका संस्थापक (Co-ordinator) सुमन गैरेको अगाडी नै फोहोरो शब्दका साथै कलेज बाहिर निस्कने वित्तिकै मार्ने समेतको धम्की सुनिल र उनको दाईलाई दिइन्छ । कलेजबाट दुबै जना लाई नै टि.सि (ट्रान्स्फर सर्टिफिकेट ) दिने निर्णय लिएका सुमन गैरे २ जनाको धम्की बाट त्रसित भएजसरि सुनिललाई मात्र टि.सि दिने तर विजय लाई चाही नदिने निर्णयमा पुग्छन ।सुमन गैरे सँग सुनिल विन्ती गर्छन तर सुमनको अडान टि.सि दिने मै अडिन्छ । सुनिल १२ पढ्दै गरेका बिद्यार्थी हुन । घटनाको पुरा विवरण हेर्दा सुनिललाई कलेज बाटै निकाल्नु सम्मको कार्वाही हुनुपर्छ जस्तो देखिदैन तर त्यो भयो । केहि सानो गल्ती गर्दा वित्तिकै टि.सि दिने नै के समस्याको समाधान हो त ? कलेज बाटै निकाल्नु कती सम्मको अन्याय हो ? के कलेजहरुले अनुशासन सिकाउन नसक्ने भएरै कलेजबाट टि .सि दिदै विद्यार्थिलाई निकालिरहेका छन ? यो अहिले काठमाडौंका प्राईभेट कलेज हरुमा भैरहेको सामान्य तर गम्भिर समस्या हो ? के काठमाडौं मोडेल कलेजले विध्यार्थी को भविष्य माथी खेलवाड त गरिरहेको छैन ? यि र यस्ता प्रश्नहरु यस्तै घटनाले गर्दा उब्जिना थालेका छन । काठमाडौं मोडेल कलेज त एउटा उदाहरण मात्र हो यस्ता थुप्रै घटनाहरु विभिन्न कलेजहरुमा भैरहेका छन । तर त्यसको अनुगमन भैरहेको छैन ।
सुनिलको अबको ६ महिनामा यानी २०७५ सालको बैशाखमा १२ को अन्तिम परिक्ष्या हुनेछ । उनलाई अन्तत काठमाडौं मोडेल कलेजले ( टि.सि ) दिएर नै पठायो । उनी हातमा ( टि.सि ) बोक्दै के.एम.सि कै नेट्वोर्क कलेज न्यु समिट (मैतिदेवी) गए तर त्यहाँ उनलाई लिन नसकिने भनी फर्काइयो । यस्तै २,३ वटा कलेजहरुमा पनि उनी धाए । उनलाई कसैले लिन मानिरहेको छैन । सुनिल खनालको भविष्य माथी प्रश्न चिन्ह खडा भएको छ । यसरी काठमाडौं मोडेल कलेजले सुनिल खनालको भविष्य अन्धकार बनाएदिएको छ । किशोरावस्था उमेरका केटाकेटीलाई यसरी अन्योलमा पारिदिएर पछि यस्तै कारणले गर्दा कसैले आत्महत्या गर्यो भने जिम्मेवार को त ? हामिले यहि प्रश्न सुमन गैरे संग सोध्दा “विद्यार्थी ले आत्माहत्या गरून्, नगरुन ” त्यो हाम्रो सरोकारको विषय नभएको बताए । के विद्यार्थी संग पैसा मात्र असुल्ने मनपरि शासन चलाउने सरोकारको विषय हो त ? काठमाडौं मोडेल कलेजामा विद्यार्थीको भविष्य चाहिँ सरोकारको विषय होइन ? के काठमाडौं मोडेल कलेज सङ्ग यसको जवाफ छ त ?
पछिल्लो समय प्राइभेट कलेजहरुमा मनपरी शासन भैरहेको , विद्यार्थीको अधिकार माथी हनन भैरहेको , विद्यार्थीका यि र यस्ता आवाज हरु सुन्ने कोही नभएको र सरकार र कानुन ले पनि यस्ता घटनाहरु प्रती चासो दिएर अवलोकन नगरेको पाइन्छ । अझ प्राय कलेजहरुमा त मनपरी पैसा असुल्ने गरेका समाचारहरु हामिले नसुनेका हैनौ । के काठमाडौंका प्राईभेट कलेजहरु यसरि नै मन परी गर्दै जाने र सरकार चाही मौन बस्ने हो त ? खै सरोकारवालहरुले आवाज उठाएको ? काठमाडौंमा भैरहेको यो एउटा गम्भिर समस्या हो । यसको न्युनिकरण हुन र सरोकारवालहरुले यसमा चासो दिएर आवश्यक कदम अघी बढाउनु पर्ने देखिन्छ ।

Coin Marketplace

STEEM 0.17
TRX 0.13
JST 0.027
BTC 60842.02
ETH 2699.34
USDT 1.00
SBD 2.44