बाढि तथा पहिरोबाट क्षति

in #flood7 years ago

बाढी तथा पहिरोबाट क्षति

काठमाडौं, ३० साउन
रुपन्देही : कोटहीमाई गाउँपालिका–१ सिपुवा बस्ने ५२ वर्षीय फागु हरिजनको घर अविरल वर्षाको कारण सोमबार भत्कन जाँदा उनका १५ वर्षीय छोरा रोसन हरिजनको मृत्यु भएको छ । घरभित्रका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै घरभित्र पुरिएको छ भने उनकी श्रीमती ४८ वर्षीया शिला हरिजन घाइते भएकी छन् ।
चितवन : राप्ती नगरपालिका–६ प्यारीधापस्थित आफ्नै घरमा बसिरहेकी ७५ वर्षीया फूलमती प्रजाको वर्षातको कारण घर भत्कन गई थिच्दा आइतबार मृत्यु भएको छ ।
सिन्धुली : हरिहरपुरगढि गाउँपालिका–६ र ७ पुरानागाउँ बस्ने बिचबहादुर मोक्तान लगायत ३ जनाको घर अबिरल बर्षाको कारण सोमबार पहिरोले पुरिएर क्षति भएको छ ।
बझाङ्ग : छबिस पाथिभेरा गाउँपालिका–७ खोरी बस्ने नकुल बोहोराको घर, सोही ठाउँ बस्ने उज्वल जोशीको घरमा सोमबार पहिरो आई पुरिएर क्षति भएको छ ।
तत्काल घटनास्थलमा खटिएर प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

Coin Marketplace

STEEM 0.20
TRX 0.14
JST 0.030
BTC 64785.95
ETH 3471.44
USDT 1.00
SBD 2.51